प्रहार समाचार । काठमाडौ, १४ मंसिर २०८२ आइतबार । आज देशका अधिकांश भागमा दिउँसो र राति आंशिक बदली रहनेछ। हाल कुनै उल्लेख मौसमी प्रणाली सक्रिय नरहेकाले भारी वर्षा वा चरम मौसमको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशमा चिसो बढ्दै गएको छ । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। मौसम सामान्यमै स्थिर रहे पनि बिहान–बेलुका चिसो महसुस हुने भएकाले स्वास्थ्यमा ध्यान दिन विशेषज्ञहरूले सुझाव दिएका छन्।
महाशाखाले आगामी केही दिन यस्तै स्थिर र हल्का बदलीयुक्त मौसम रहने अनुमानसमेत गरेको छ।























