हेडलाईनसमाचारप्रदेश

पहिरोमा फसेका ५ सय ५० यात्रुलाई निःशुल्क बस सेवा

• बिजय अधिकारी ( संवाददाता ) चितवन, १० असोज २०८२ शुक्रवार । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला क्षेत्रमा पहिरोमा फसेका ५ सय ५० यात्रुलाई निःशुल्क घुम्ती बस सेवा मार्फत गन्तव्यसम्म पुर्‍याइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबारदेखि सुरु गरिएको बस सेवा बिहीबार साँझ ७ बजेसम्म सञ्चालनमा रह्यो।

प्रहरी निरीक्षक दीपक रिजालका अनुसार पहिरोका कारण बाटो अवरुद्ध हुँदा तनहुँतर्फबाट आएका यात्रुहरूलाई पाँच किलोको पुल हुँदै नारायणगढ र भरतपुरसम्म पुर्‍याउने व्यवस्था गरिएको हो। उद्धारका क्रममा जिल्लाको प्रशासन कार्यालयको समन्वयमा अलपत्र परेका यात्रु र चालकहरूलाई खाद्यान्न र प्राथमिक उपचारसमेत उपलब्ध गराइएको छ।

उद्धार कार्यसँगै पहिरो हटाउने प्रयास पनि सँगसँगै अघि बढाइएको थियो। बिहीबार राति करिब १० बजेपछि पहिरो पन्छाइएपछि अवरुद्ध सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ। यात्रुहरूको सहज यात्राका लागि गरिएको समन्वयप्रति स्थानीयवासी तथा सरोकारवालाहरूले प्रशंसा व्यक्त गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button