हेडलाईनसमाचारप्रदेश

‘कुहिएका नेता नफालेसम्म परिवर्तन सम्भव छैन’ : मन्त्री पुन

प्रहार समाचार । काठमाडौ , १० असोज २०८२ शुक्रवार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले देशको ठुलो रूपान्तरणका लागि “कुहिएका” नेताहरुलाई हटाउनुपर्ने स्पष्ट विचार व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले भ्रष्ट, नीतिविहीन नेतृत्वले देशलाई दुर्गति तर्फ धकेलेको भन्दै अब स्वच्छ, नैतिकवान र युवा नेताहरूको अत्यधिक बहुमतसहितको सरकार गठन आवश्यक रहेको बताए।

“कुहिएका नेताहरू फालेर स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतको सरकार नबनाएसम्म ठुलो परिवर्तन सम्भव छैन,” मन्त्री पुनको भनाइ छ। उनले नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउने, विदेशी हस्तक्षेप अन्त्य गर्ने र प्रत्यक्ष राष्ट्रपतीय प्रणालीको व्यवस्था ल्याउने सपना बोकेका सबै नागरिकलाई अब जागरुक भएर संगठित रूपमा निर्वाचनमा भाग लिन आह्वान गरे।

उनको आग्रह छ — योग्य, दृढसंकल्पी र नैतिकवान युवा जनप्रतिनिधिहरूको चयनमार्फत मात्र सुशासन सम्भव छ। मन्त्री पुनले झै-झगडाबिना साझा प्रयासमा जुटी युवा नेतृत्वलाई अघि ल्याउने बेला अब यही भएको उल्लेख गर्दै परिवर्तनप्रेमी जनतालाई तत्काल तयारीमा लाग्न आग्रह गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button