हेडलाईनव्याससमाचारगण्डकी

समाजसेवामा विदेशीबाट योगदान : लण्डनमा रहेका दम्पतीद्वारा व्यासका जेष्ठ नागरिकलाई मिष्ठान भोज

प्रहार समाचार । .तनहुँ, १६ भदौ २०८२ सोमवार । विदेशमा रहेर पनि मातृभूमिप्रति कर्तव्य निर्वाह गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् लण्डन निवासी एलोज श्रेष्ठ र अस्मिता श्रेष्ठ दम्पतीले। तनहुँको व्यास नगरपालिका–२, ग्रिनसिटी टोलका स्थायी बासिन्दा एलोज श्रेष्ठले आफ्नी स्वर्गीय हजुरआमा हरिमायाँ श्रेष्ठको सम्झनामा व्यास–३ स्थित जेष्ठ नागरिक मिलन केन्द्रमा रहेका जेष्ठ नागरिकहरूलाई विशेष मिष्ठान्न भोजन गराएका छन्।

कार्यक्रममा व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले यस्ता सकारात्मक कार्यहरू समाजमा नयाँ सोच र चेतना दिनेसमेत बताए। ‘देशबाहिर रहेर पनि समाज र स्रोतसँग जोडिएको कार्य गर्नु अत्यन्त प्रशंसनीय छ ।’ उनले भने।

व्यास गुफा अन्न क्षेत्रका संरक्षक शान्ति स्वरूपानन्द दामोदर बाबाले सामाजिक उत्तरदायित्वको परिपालनामा युवा पुस्ताको सक्रियता प्रेरणाको स्रोत हुने उल्लेख गरे।

कार्यक्रममा केन्द्रका अध्यक्ष चित्र बहादुर क्षेत्री, पूर्व अध्यक्ष देवनिधि पन्त, निवर्तमान अध्यक्ष शालिग्राम गिरी र एलोजका हजुरबुबा हेमलाल श्रेष्ठलगायतले यस्तो कार्यले समाजमा सहकार्य, सहानुभूति र सेवाभावलाई मजबुत बनाउनेमा जोड दिए।

उपस्थित सबैप्रति आभार व्यक्त गर्दै एलोजका पिता राजकुमार श्रेष्ठले हजुरआमाको स्मृतिमा आयोजित यो सानो प्रयासले जेष्ठ नागरिकहरूको अनुहारमा देखिएको खुसी नै सबैभन्दा ठूलो उपलब्धि भएको बताए ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button