हेडलाईनसमाचारविजनेसप्रदेश

डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो : पेट्रोल र ग्यासको मूल्य यथावत

प्रहार समाचार । काठमाडौँ, १५ भदौ २०८२ आइतवार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ, जसअनुसार डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटेको छ ।

निगमले आज आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सोमबारदेखि लागू हुने गरी डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटाइएको छ। यस्तै, आन्तरिक हवाई इन्धनमा १ रुपैयाँले कटौती गरिएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धन काठमाडौँका लागि प्रति किलोलिटर ७ अमेरिकी डलरले सस्तो बनाइएको छ।

यद्यपि, पेट्रोलको आयात मूल्यमा केही घटबढ भए पनि यसको खुद्रा मूल्य भने यथावत राखिएको छ। साथै, एल.पि. ग्यासको मूल्यमा पनि कुनै परिवर्तन गरिएको छैन।

यस मूल्य समायोजनसँगै उपभोक्तालाई आंशिक राहत मिल्ने अपेक्षा गरिएको छ, तर पेट्रोल र ग्यासको मूल्य स्थिर राखिनुले आलोचना पनि भइरहेको छ। निगमले भने मूल्य समायोजन अन्तर्राष्ट्रिय बजार मूल्य, लागत, र मौजुदा घाटा नाफाको समीकरणअनुसार गरिएको स्पष्ट पारेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button