हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : चार प्रदेशमा पानी पर्ने

प्रहार समाचार । काठमाडौँ, १६ भदौ २०८२ सोमवार । देशका विभिन्न भागहरूमा मनसुनी गतिविधि पुनः सक्रिय बन्दै गएको छ। हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहे पनि अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह सक्रिय देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यससँगै गएरातिदेखि कञ्चनपुर, कास्की र ताप्लेजुङमा भारी वर्षा मापन गरिएको छ। यी क्षेत्रमा निरन्तरको पानीका कारण भू-स्खलन तथा बाढीको जोखिमसमेत देखिएको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ। विशेषगरी बागमती र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले स्थानीयबासीलाई सतर्क रहन सुझाव दिइएको छ।

यस्तै, आज राति पनि सुदूरपश्चिमका केही भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रहरूमा मध्यम वर्षाको सम्भावना छ। वर्षासँगै पहिरो र नदीको बहाव बढ्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय तह र विपद् व्यवस्थापन निकायलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button