हेडलाईनसमाचारगण्डकीभिमाद

‘गाउँमै उद्यमशीलता विकास गरी आयातमा निर्भरता घटाउन सकिन्छ’- मन्त्री न्यौपाने

प्रहार समाचार । तनहुँ, ८ भदौ २०८२ आइतवार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले कृषि क्षेत्रमा सहकारीमार्फत उद्यमशीलता विकास गर्न सके गाउँमै रोजगारी सिर्जना हुने र देश आयातमा निर्भर हुनुपर्ने अवस्था घट्ने बताएकी छन् ।

भिमाद नगरपालिका–११ मा आज सम्पन्न डेरीसहितको साइलेज उद्योग हस्तान्तरण कार्यक्रममा मन्त्री न्यौपानेले भनिन्, “कृषिमा आत्मनिर्भर बन्ने हो भने उत्पादन र प्रसंस्करणलाई सहकारीसँग जोड्नुपर्छ। सरकार यसैलाई प्रोत्साहन गर्नेतर्फ अघि बढिरहेको छ।”

कार्यक्रममा उनले भिमाद कृषि उद्यम सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायण प्रसाद पौडेललाई डेरीसहितको साइलेज उद्योग संचालन तथा व्यवस्थापनका लागि हस्तान्तरण पत्र प्रदान गरिन्।

गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वअर्थमन्त्री जितप्रकाश आलेले सहकारीमार्फत सुरु भएको कृषि व्यवसायले प्रदेशको अर्थतन्त्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।

सो अवसरमा प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो

मन्त्री न्यौपानेले त्यसपछि सेती नदी कटानको अवस्थाबारे प्रत्यक्ष अवलोकन गर्नुका साथै मातृशक्ति सरफ उद्योग र डेरीसहितको साइलेज उद्योगको निरीक्षणसमेत गरेकी थिइन्। कार्यक्रम नगर प्रमुख दधिराज सुवेदीको अध्यक्षता भएको र थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button