प्रहार समाचार । तनहुँ, ८ भदौ २०८२ आइतवार । बालयौन दुरुपयोग मुद्दामा अदालतले तोकेको सजाय भुक्तान नगरी फरार रहेका एक युवक १७ महिनापछि तनहुँमा पक्राउ परेका छन् । भानु नगरपालिका–२ का ३२ वर्षीय पदमबहादुर काप्रीलाई प्रहरीले मंगलबार राति व्यास नगरपालिका–१ विज्ञानचौरबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला अदालत तनहुँले २०८१ चैत ४ गते काप्रीलाई बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै कैद सजाय तोकेको थियो । तर तोकिएको सजायमध्ये अझै ५ महिना ८ दिन कैद भुक्तान गर्न बाँकी रहँदै उनी फरार रहेका थिए । लामो समयदेखि खोजी हुँदै आएका काप्रीलाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन प्रहरीले सफलताको दाबी गरेको छ ।
पक्राउ परेका काप्रीलाई बुधबार जिल्ला अदालत तनहुँमा पेश गरिएको र अदालतको आदेशअनुसार बाँकी कैद सजाय भुक्तानका लागि कारागार कार्यालय तनहुँ चलान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष बिकले जानकारी दिए । क

























