प्रहार समाचार । तनहुँ, २२ साउन २०८२ बिहीवार । स्नायू सम्बन्धी जटिल रोगबाट भिमाद ४ निवासी कलाकार सृष्टि रानाको उपचार सहयोगार्थ तनहुँ समाज यूकेले संकलन गरेको १० लाख ५५ हजार रुपैयाँको चेक एक समारोहका बीच हस्तान्तरण गरिएको छ।

भिमाद नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका सांसद जीत प्रकाश आले, नगरप्रमुख दधिराज सुवेदी, तनहुँ समाज यूकेका प्रतिनिधि शोभा गौतम र डा. प्रकाश गौतमले संयुक्त रूपमा रानाका बुवालाई चेक हस्तान्तरण गरे।
कार्यक्रममा बोल्दै सांसद आलेले कलाकारप्रतिको सामाजिक सहयोग प्रेरणादायी हुने बताए। नगरप्रमुख सुवेदीले भिमाद नगरपालिकाबाट पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए।
अभियान सञ्चालनमा प्रताप राना र मनोज आलेको विशेष भूमिका रहेको जनाइएको छ।
मूलतः मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’की प्रमुख अभिनेत्री सृष्टि राना हाल स्नायू रोगका कारण काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचाररत छिन्। साथै, दुई वर्षदेखि क्यान्सर पीडित आमाको पनि उपचार खर्च व्यहोर्न परिवारलाई आर्थिक कठिनाइ भएको जनाइएको छ ।
प


























