प्रहार समाचार । तनहुँ, २२ साउन २०८२ बिहिवार । सामाजिक विकास कार्यालय तनहुँद्वारा आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन भएका कार्यक्रमहरूको वार्षिक प्रगति समीक्षा तथा चालु आ व २०८२/०८३ का कार्यक्रम प्रबोधिकरण बुधबार दमौलीमा सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले यस्ता कार्यक्रमले आम जनतामा कार्यालयले गरेका गतिविधिहरुका बारेमा अबगत हुने बताउँदै आम जनताको हितमा कार्यालयले काम गर्नु पर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले तीनै तहका सरकारहरूबीचको प्रभावकारी समन्वयबाट कार्यक्रमहरू थप प्रभावकारी हुने धारणा राखे।

जिल्ला समन्वय अधिकारी प्रकाश पौडेलले योजना तर्जुमा पूर्व सरोकारवालाको सहभागिता र कार्यको मूल्याङ्कन अपरिहार्य भएको उल्लेख गरे।

कार्यालयका प्रमुख बिदुरहरि आचार्यले आर्थिक वर्ष २०८१/०८२ मा ४० वटा योजनाका लागि विनियोजित १ करोड ८७ लाख ५० हजारमध्ये १ करोड ४६ लाख ६० हजार ५०८ खर्च भई ७९.२६% खर्च प्रगति र ९२.५०% भौतिक प्रगति हासिल भएको प्रतिवेदन पेश गरेका थिए । उनले पूँजीगततर्फ ५५ योजनामा ३ करोड ८१ लाख ५० हजार बजेटमध्ये ३ करोड १३ लाख २५ हजार ५८४ खर्च (८२.११%) भई ८७.०३% भौतिक प्रगति देखिएको उल्लेख गरे । यस्तै चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ९ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रमुख आचार्यले जानकारी दिए ।

कार्यक्रममा व्यास नगरपालिका शिक्षा शाखा प्रमुख केदार आचार्य, निर्मल मावि प्रअ गणेशचन्द्र बस्नेत,राष्ट्रिय परोपकार महासंघ तथा नागरिक चौतारी वृद्धाश्रम तनहुँका अध्यक्ष तारानाथ घिमिरे, अपांगता अधिकार कर्मी मदन पौडेल, सामाजिक संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मीहरू र सबै स्थानीय तहका शिक्षा शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण लेखा अधिकृत कृष्णप्रसाद न्यौपानेले गरेका थिए ।

प


























