हेडलाईनसमाचारप्रदेशखेलकुद

अष्ट्रेलिया टूरको तयारी : फिटनेस टेस्टमा सन्दीपसहित १६ खेलाडी सहभागी

प्रहार समाचार । काठमाडौँ, २२ साउन २०८२ बिहीवार । अष्ट्रेलियामा आयोजना हुने टप इन्ड टी–२० सिरिजका लागि तयारीरत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज फिटनेस र फिजिकल टेस्ट दिएको छ। सातदोबाटोस्थित स्पोर्ट्स साइन्स एन्ड रिसर्च सेन्टर र नेसनल हाइ पर्फमेन्स सेन्टरमा सम्पन्न परीक्षणमा सन्दीप लामिछानेसहित १६ खेलाडी सहभागी भएका थिए।

केही दिनयता बन्द प्रशिक्षणमा अनुपस्थित रहेका सन्दीप आजको परीक्षणमा भने प्रशिक्षक र क्यानको जानकारीसहित सहभागी भएका हुन्।

क्रिकेट संघ नेपाल (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ। टोलीले चाँडै अष्ट्रेलिया प्रस्थान गर्नेछ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button