प्रहार समाचार । काठमाडौं, १८ जेठ २०८२ आइतवार ।आज दिउँसो प्रहरीले नियन्त्रणमा लिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा, सांसद दीपक सिंहसहित सात जना नेता तथा कार्यकर्तालाई रिहा गरिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उनीहरूलाई जिम्मा जमानीमा छाडिएको हो।

प्रहरीले विभिन्न कारण देखाउँदै आठ जनालाई पक्राउ गरेको थियो। तर, तीमध्ये सात जनालाई आइतबार रातिसम्मै रिहा गरिएको परिसरले जनाएको छ। उनीहरूलाई पार्टीको तर्फबाट गरिएको दबाब तथा कानुनी प्रक्रिया पश्चात छाडिएको बताइएको छ।
प्रहरी नियन्त्रणमा परेका एक जना भने हालसम्म पनि हिरासतमा रहेका छन्। उनको पहिचान र पक्राउको कारण खुलाइएको छैन। राप्रपा नेपालले उक्त गिरफ्तारीलाई असंवैधानिक भन्दै विरोध जनाएको छ।


























