हेडलाईनसमाचारप्रदेशखेलकुद

पिएसजी पहिलो पटक च्याम्पियन्स लिग विजेता, इन्टर मिलानलाई ५-० गोलअन्तरले हरायो

प्रहार समाचार । काठमाडौँ, १८ जेठ २०८२ आइतवार । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युरोपेली फुटबलको सर्वोच्च प्रतियोगिता युईएफए च्याम्पियन्स लिग यूईएफए च्याम्पियन लेग्यू को उपाधि पहिलो पटक जित्न सफल भएको छ।

ऐतिहासिक फाइनल खेलमा पिएसजीले इटालियन क्लब इन्टर मिलानलाई एकतर्फी प्रदर्शन गर्दै ५–० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो।

यही उपाधिका लागि खेलिएको फाइनलमा पिएसजीले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो। खेलको पहिलो हाफमा नै तीन गोल गर्दै स्पष्ट अग्रता लिएको पिएसजीले दोस्रो हाफमा थप दुई गोल थप्दै इन्टर मिलानलाई कुनै प्रतिक्रिया जनाउन नदिनेगरी पराजित गर्‍यो। उत्कृष्ट समन्वय, तीव्र आक्रमण र बलियो रक्षात्मक पंक्तिका कारण पिएसजीले च्याम्पियन्स लिग इतिहासमा कीर्तिमानी जीत हासिल गर्‍यो।

यो जितसँगै पिएसजीले क्लब इतिहासमा पहिलो पटक युईएफए च्याम्पियन्स लिगको उपाधि उचालेको हो। यसअघि २०२० मा फाइनल पुगे पनि बायर्न म्युनिखसँग पराजित भएको पिएसजीले यसपटक भने फाइनलमा ऐतिहासिक प्रदर्शन गर्दै उपाधि हात पार्न सफल भएको हो। उपाधिसँगै पिएसजी युरोपको शीर्ष क्लबहरूमा थप बलियो रूपमा स्थापित भएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button