हेडलाईनव्याससमाचारगण्डकी

यातायात बन्दमा तनहुँका नवराज अधिकारीको मानवीय सेवा : इमर्जेन्सी बिरामीलाई निःशुल्क अस्पताल पुऱ्याउने

प्रहार समाचार । तनहुँ, १८ जेठ २०८२ आइतवार । गण्डकी प्रदेशमा जारी सार्वजनिक यातायात बन्दका कारण सर्वसाधारणलाई अत्यधिक कठिनाइ भइरहेका बेला व्यास नगरपालिका–१२, छाब्दी निवासी समाजसेवी नवराज अधिकारीले मानवताका लागि उल्लेखनीय पहल गरेका छन्। उनले गाडी नपाएर अस्पताल जान नसक्ने सुत्केरी, बिरामी वा आपतमा परेकालाई दमौली अस्पतालसम्म निःशुल्क पुऱ्याउने घोषणा गरेका छन्।

“धेरै मानिस समस्यामा छन्, एम्बुलेन्स नपाएर पीडा भोगिरहेका छन्,” अधिकारीले भने, “त्यसैले आफूसँग भएको स्रोत र साधनलाई मानव सेवामा लगाउने सोच बनाएँ।” उनले यसअघि पनि विरामीको अवस्थालाई मध्यनजर गर्दै आफ्नै सवारी साधनमार्फत बिरामीलाई अस्पताल पुऱ्याउने कार्य गर्दै आएका थिए। जस्को लागि इमर्जेन्सी अवस्थामा रहेका बिरामीहरूलाई ९८४६१३१६८० नम्बरमा सम्पर्क गर्न उनले आग्रह गरेका छन्।

गण्डकी प्रदेश सरकारले निजी सवारी साधनमार्फत राइड सेयरिङ सेवा सञ्चालन गर्न दिने निर्णय गरेपछि त्यसको विरोधमा उत्रिएका यातायात व्यवसायीहरूले शुक्रबारदेखि अनिश्चितकालीन सार्वजनिक यातायात बन्द गरिरहेका छन्। आज आन्दोलनको तेस्रो दिनसम्म आइपुग्दा अत्यावश्यक सेवा प्रभावित भइरहेका छन्। यस्तो संकटमा समाजसेवी अधिकारीको कदमले जनस्तरमा राहत महसुस हुने भएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button