प्रहार समाचार । काठमाडौँ, १७ जेठ २०८१ शनिवार । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गर्दै पेट्रोल र डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्यमा भारी वृद्धि गरेको छ भने हवाई इन्धनको मूल्य घटाएको छ। निगमको निर्णयले उपभोक्ताको दैनिक खर्च बढाउने देखिए पनि हवाई सेवा प्रयोगकर्ताका लागि केही राहत प्रदान गर्ने अपेक्षा गरिएको छ।

इण्डियन आयल कर्पोरेशनबाट शनिबार प्राप्त नयाँ खरिद मूल्यका आधारमा पेट्रोलमा प्रतिलिटर र २।११ र डिजेलमा १।०९ ले मूल्य बढेको निगमले जनाएको छ। निगम सञ्चालक समितिको निर्णय अनुसार आइतबार राति १२:०१ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर २।०० र डिजेल/मट्टितेलमा रु. १०।०० को मूल्यवृद्धि गरिएको हो। अब काठमाडौँ उपत्यकामा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ सय ५९ र डिजेलको १ सय ४३ रुपैया कायम भएको छ।
हेरौं निगमको पत्र सहितको विज्ञप्ति :

यसैबीच, हवाई इन्धनको मूल्य आन्तरिक उडानका लागि प्रतिलिटर ३ रुपैयाले घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर अमेरिकी डलर २२ ले घटाइएको हो। पोखरा र भैरहवा विमानस्थलमा भने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य ‘ब्रेक इभेन’ स्तरमा राखिएको निगमले स्पष्ट पारेको छ। खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् राखिएको छ।


























