हेडलाईनसमाचारप्रदेश

यातायात व्यवसायीहरुको आन्दोलनले परीक्षा प्रभावित : शिक्षकहरूलाई विद्यालयको पहलमा केन्द्रसम्म पुर्‍याइयो

• सुशिल बि. क. (प्रहार संवाददाता) तनहुँ, १७ जेठ २०८२ शनिवार । गण्डकी प्रदेश सरकारले निजी सवारी साधनमार्फत राइड सेयरिङ सेवा सञ्चालन गर्न दिने निर्णय गरेपछि यसको विरोधमा यातायात व्यवसायीले यातायात बन्द गरेका छन्। शुक्रबारदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेपछि शिक्षक सेवा आयोगअन्तर्गत सञ्चालन भएको निम्न माध्यमिक तहको प्रथम पत्रको परीक्षामा सहभागी हुने परीक्षार्थी शिक्षकहरू, विद्यार्थीहरु, विरामी, सुत्केरी लगायतका समस्यामा परेका छन्।

यातायात सेवा ठप्प भएपछि परीक्षार्थीहरूलाई परीक्षा केन्द्रसम्म पुग्न कठिनाइ भएपछि आदिकवि भानुभक्त स्ववियु टिम र शान्ति वर्ष अंग्रेजी मा.वि.को सहकार्यमा उनीहरूलाई केन्द्रसम्म पुर्‍याइएको हो।

नेपाल शिक्षक महासंघ तनहुँ शाखाका अनुसार आन्दोलनका कारण परीक्षार्थीहरू जोखिममा परेपछि सहयोगात्मक रूपमा विद्यालय र स्ववियु टिमले व्यवस्थापन गरिरहेका छन्। महासंघका अध्यक्षले भने, “शिक्षकको भविष्यसँग जोडिएको परीक्षा प्रभावित नहोस् भन्ने उद्देश्यले हामीले समन्वय गरेका हौँ।”

शुक्रबारदेखि सुरु भएको आन्दोलन कहिले अन्त्य हुने भन्ने निश्चित छैन। यसले अन्य दिनका परीक्षाहरूमा समेत असर पर्ने सम्भावना बढेको छ। महासंघले राज्य पक्षलाई आवश्यक व्यवस्था गर्न आग्रहसमेत गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button