हेडलाईनसमाचारप्रदेश

उदयपुर र सिन्धुलीमा ठूलो परिमाणको गाँजासहित तीन जना पक्राउ

प्रहार समाचार । उदयपुर , १६ जेठ २०८२ शुक्रवार । प्रहरीले उदयपुर र सिन्धुली जिल्लामा गरी झण्डै १ हजार २ सय ५० किलो अवैध लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–१, रानीटारबाट करिब १ हजार १ सय ४३ किलो २ सय ७५ ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। पक्राउ पर्नेमा सोही ठाउँकी ४२ वर्षीया रत्न माया श्रेष्ठ र कमला श्रेष्ठ रहेका छन्। सूचना प्राप्त भएपछि खटिएको प्रहरीले रत्न मायाको घरमा तलासी गर्दा ३५ वटा बोरामा लुकाइ राखिएको अवस्थामा ठूलो परिमाणमा गाँजा फेला परेको हो।

त्यसैगरी, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२, झनझनेबाट करिब १ सय ७ किलो १ सय १० ग्राम गाँजासहित रौतहटको गरूडा नगरपालिका–४ का १९ वर्षीय गोपाल साहलाई पक्राउ गरिएको छ। प्रहरी चौकी झनझनेबाट खटिएको टोलीले कुलेखानीबाट सिन्धुलीतर्फ आउँदै गरेको प्र.२-०३-००१ च ५६७१ नम्बरको बोलेरो पिकअप रोकी तलासी गर्दा सिमेन्टको बोराले छोपेर लुकाइएको अवस्थामा गाँजा फेला परेको थियो। दुबै घटनामा संलग्न व्यक्तिहरूमाथि लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button