प्रहार समाचार । काठमाडौँ, १५ जेठ २०८१ बिहीवार । एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नि शोक परेको छ। साधगी नेताका रूपमा परिचित पूर्व मन्त्री पण्डितकी पत्नि बिमला महत पाण्डेको लामो समयदेखि माया साइटिस नामक दुर्लभ रोगबाट पीडित विमलाको गए राति निधन भएको परिवार स्रोतले जानकारी दिएको छ। डेढ वर्षदेखि सो रोगले ग्रसित विमलाको शारीरिक अवस्था जटिल बन्दै गएको थियो।

माया साइटिसले मांसपेशी कमजोर बनाउने, मासु फुटाउने, नसा प्रणालीमा क्षति पुर्याउनेजस्ता गम्भीर लक्षण देखापर्ने बताइएको छ। विमलाको अवस्थामा पनि रोगले च्यापेको बेला शरीर अत्यधिक कमजोर भई नवजात शिशु जस्तै ‘लल्याकलुलुक’ हुने समस्या देखिएको परिवारजनले बताएका छन्।
नेता लालबाबु पण्डित र विमला महत पण्डितबीच अन्तरजातीय विवाह भएको थियो। उनीहरूको विवाह एमाले पार्टीकै आयोजनामा पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको थियो। विवाहको समयमा विमला ललितपुरको सैँवु गाविस–४ की वडाध्यक्ष थिइन्। उनी सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय थिइन्।

























