हेडलाईनसमाचारप्रदेश

पूर्व मन्त्री अफताब आलमसहित चारजनालाई उच्च अदालतबाट सफाइ

प्रहार समाचार । वीरगञ्ज , १४ जेठ २०८२ बुधवार । तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित चारजनालाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको अभियोगमा सफाइ दिएको छ। बुधबार सार्वजनिक भएको फैसलामा आलमसँगै महताब आलम, शेख सेराज (उर्फ शेख सराद) र बद्री सहनीलाई पनि निर्दोष ठहर गर्दै रौतहट जिल्ला अदालतको पूर्व फैसला उल्टाइएको हो।

वि.सं. २०८१ वैशाखमा रौतहट जिल्ला अदालतले आलमलाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा जन्मकैदको सजाय सुनाएको थियो। तर, उच्च अदालतका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले पुनरावलोकनपछि अभियोजन पक्षको दावी प्रमाणित नभएको ठहर गर्दै उनीहरूलाई दोषमुक्त गर्ने निर्णय सुनाएको रजिस्ट्रार दीपक भण्डारीले जानकारी दिए।

वि.सं. २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा भएको बम विस्फोटमा संलग्न घाइते कार्यकर्ताहरूलाई आलमको निर्देशनमा इँटाभट्टामा हालेर जलाइएको आरोप थियो। घटनाको व्यापक राजनीतिक र सामाजिक चासोका बीच पछिल्लो फैसलाले पुनः बहसको ढोका खोलिदिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button