साहित्यप्रदेश

प्रहार साहित्य : कविता ‘तपाईंको बाउको  के जान्छ ?’

देशका कर्णधार हो !
जता काम मिल्छ,
त्यतै मुन्टिनुहोस्।
‘विप्रेषण’ ले देश चलिहाल्छ
‘आयत’ले चूलो बलिहाल्छ।
गए आत्मनिर्भरता जान्छ,
तपाईंको बाउको के जान्छ ?

  

ए, विज्ञ र वैज्ञानिकहरू हो !
तपाईंहरूको शीप र दक्षता
आफ्नै खल्तीमा  राख्नुहोस्,
देश त मेरो भाषण र मेरो आदेशले पो बन्छ,
म त त्यही गर्छु जो मेरो ब्रह्मले  भन्छ।
गए मूल्य र मान्यता जान्छ,
तपाईंको बाउको के जान्छ ?

ए, देशका कानुनविद् हो !
तपाईंको राय सुझाव
आफ्नै दिमागमा राख्नुस्।
नियम कानुन त मैले बनाउने हो,
मैले हेर्ने हो, मैले फेर्ने हो,
विचौलियाको दानापानी खाएर
केही मेट्ने हो, के्ही समेट्ने हो।
गए जाबो नैतिकता जान्छ,
तपाईंको बाउको के जान्छ ?

ए देशका डाक्टहरू हो !
ए,देशका शिक्षकहरू हो !
आन्दोलन गर्नुस् या नगर्नुस्,
हामीले त केवल पेल्ने हो,
मनको तुष ठेल्ने हो,
तपाईंको माग पूरा गरे
हाम्रा सपना अधुरै रहन्छन्
मागभन्दा भाग ठूलो हो
गए विधिको शासन जान्छ,
तपाईंको बाउको के जान्छ ?



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button