साहित्यप्रदेश

प्रहार साहित्य : कविता – राईपुरको मायाँ

सात समुद्र पारी चर्न सक्ने तिमी
सेती तरेर आउन सकेनौ
पैसाको पछाडि दौडिँदा दौडिंदा
मातृभुमी दौडने फुर्सद भएन है
स्थानिय बिकासको कुरा गर्ने तिमी
अहिले बिकासले मिर्मिरे उज्यालो छाइसक्यो
गाउँ गाउँमा धार, बिजुली, पानी र मोटरबाटो आइसक्यो
अब के पुगेन भनेर भनेर छाड्दैछौ गाउँ ?

ए ! बुझे बुझे
गाउँमा भारापर्म गर्ने
उकाली ओराली गर्ने पाइताला छैनन्
लास उठाउने यूवा पाखुरी  छैनन्
गाउँ एक्लो भएर होला हैन ?
बुझेर पनि अबुज कुरा गर्न  खोज्दै छौ हैन
के तिमी गएपछी अरु एक्लै हुदैनन् र ?
अरु के बाल मतलब !
सोचि राखेको हौला तिमी हैन
छिमेकिमा अरुको उ कुरा काट्दा कान थापेर सुन्ने

तिमी नै पो हौ क्यारे
कि बिर्सेयौ र तिमीले  ?


मान्छेको जात स्वार्थी नै हुदो रैछ
नत्र, नत्र  जन्म भुमिले दिन न सकेको
के नै प्राप्ति गऱ्यौ र तिमीले ?
पसिना सङ्ग पैसा  साँटेर
पौरख सङ्ग मितेरी गाँसेर
मातृभूमिको ममता छातीमा टाँसेर
यतै गर्न सकेको भए केहि
राईपुर ‘राइपुर’ जस्तै हुने थियो
गाउँ ‘गाउँ’ जस्तै हुने थियो
किन अभागी भएर बाँच्नु पर्थ्यो र ?

• तनहुँ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button