हेडलाईनसमाचारप्रदेश

आज माता तिर्थ औंशी : आमा प्रति श्रद्धा भक्ति भावका साथ देश भर मनाइँदै

प्रहार समाचार । तनहुँ, १४ बैशाख २०८२ आइतवार । आज माता तिर्थ औंशी अर्थात आमाको मुख हेर्ने पर्व देश जन्म दिने आमा प्रति श्रद्धा भक्ति भावका साथ देश भर मनाइँदै छ।

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा मनाइने यो पर्व आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद लिने परम्परा छ । 

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्त्व दर्शाइएको धर्मशास्त्रविद् हरुको भनाई छ।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्त्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्त्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको उनले बताए । यस्तो महत्त्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ । आमा नहुनेले  दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । यस अवसरमा आज  काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ ।    


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button