हेडलाईनसमाचारप्रदेश

सहकारी ठगी मुद्दामा कांग्रेस सांसद राई पक्राउ

प्रहार समाचार । काठमाडौँ, १४ बैशाख २०८२ आइतवार । प्रहरीले सहकारी ठगी मुद्दामा कांग्रेस सांसद माया राईलाई  पक्राउ गरेको छ। सहकारी ठगी प्रकरणमा फरार रहेकी सांसद राईलाई प्रहरीले शनिबार राति कपनस्थित निवासबाट पक्राउ गरेको थियो ।  उनलाई पक्राउ गरिएकोबारे प्रहरीले सभामुख देवराज घिमिरेलाईलाई जानकारी गराएको जनाएको छ। 

कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत ऋण सकारी ठगी मुद्दामा उनी फरार रहँदै आएकी थिइन् । सुमन खनाल समेतको जाहेरीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिका अध्यक्ष एवं सञ्चालक गितेन्द्र बाबु राईसमेत भएको ठगी र संगठित अपराध सम्बन्धी कसुर मुद्दामा सांसदलाई राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


सांसद राईलाई जिल्ला प्रहरी परिसरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको परिसरका अनुसन्धान अधिकारी, डीएसपी हरि खतिवडाले जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button