साहित्यप्रदेशमनोरञ्जन

प्रहार साहित्य : कविता ‘शिक्षक’           

उ शिक्षक न हो
अझ भनौ मास्टर न हो
उसलाइ भोक नै लाग्दैन
अरुलाइ भोक लाग्छ
अरुलाइ  खुवाउनु पर्छ खाजा
खाजा भत्ताको ब्यबस्था छ अरुलाइ
कहिले काहि धेरै खाएर बिराम भयो भने पनि
अरुलाइ उपचार गराउने छुट्टै अस्पताल पनि  छ
उ त शिक्षक हो न उसलाइ भोक  नै लाग्छ
न उसले खाजा नै खानु पर्छ ।

खाली पेटले ग्यास्ट्रीक बिग्रेर अल्सर भयो भने पनि
न उसको उपचार हुने  आफ्नै अस्पताल नै छ
किनकि उ शिक्षक हो
न उ पालिका केन्द्रमा नै छ
उ त दुर दराजका गाउमा बस्छ
न उसको डाक्टर इन्जिनियर ठेकेदार सङ नै सम्पर्क छ
उ त  बिध्यर्थीहरुलाइ पडाउन बनाउन लागिरहन्छ
बिध्यार्थीले पड्दा  सिक्दा उ रमाउछ
बिध्यार्थीले नपडदा नजान्दा उ दुखी हुन्छ
त्यहि पनि जान्नेलाइ अझै जान्ने बनाउन
नजान्नेलाइ पनि  जान्ने बनाउन
अनेकन तरिका लगाउछ
घोक्रो सुकाइरहन्छ
पैताला दुखाइरहन्छ उ
न उ बस्ने कुर्सी नै छ
थकान छ उसलाइ
न उस्लाइ आराम छ
न उ बस्ने कुर्सीमा गद्द्दा नै छ
न उ बस्ने कोठामा एसी नै छ
न उसको तलब नै महिनै पिच्छे आउछ
न उसको सेवा अवधिभरीको तलबले बजारमा एउटा घर बन्छ


न उसले मासिक तलब पाउछ
उसले आफ्नै पैसापाउन तीन/तीन महिनाको ब्याज तिर्नुपर्छ
किनकि उ शिक्षक हो
न उसलाइ आवधिक बढुवा छ
दशौ पन्ध्रौ बर्स सम्म घोटीरहन्छ उ सुरुकै श्रेणिमा
किनकि उ शिक्षक हो
न उसको तल्लौ तल्ले घर छ न चार चक्के गाडी
न उसको हातमा राडोको घडि छ
न उसको घाटीमा सुनको सिक्री
न उसले कमिशन नै पाउछ
न उसले टेबल मुनै बाटै कमाउछ
अनि कहा बाट सम्मान पाउछ त उसले
जबकि राज्यले नै खुलेआम अपमान गरेको छ उसलाइ
उसले पडाउदाका राम्रा बिध्याथी योजनकार नितिकार प्रशाशक बन्छन नेता अनि कर्मचारी अनि सिपाहि
आफ्नै शिश्यहरुके अन्याय गर्छन, दबाउछन , पेल्छन
किनकि उ शिक्षक हो उसलाइ हेप्नै पर्छ
किनकि  उ शिक्षक हो उस्लाइ पेल्नै पर्छ
अनि आन्दोलन नगरेर के गर्नु शिक्षकले
आफ्नो अधिकारको लागि
न्यायको लागी
आन्दोलन गर्न बिबस छन शिक्षक
शिक्षकले आन्दोलन गरेका होइनन
शिक्षकलाइ आन्दोलन गर्न बाध्य बनाइएको हो
शिक्षकलाइ रहर छैन दिनभरी घामपानीमा  नारा लगाउन


शिक्षकलाइ रहर छैन बिध्यालय बन्द गर्न
यो  शिक्षकको आन्दोलन अन्यायबिरुद्दको आन्दोलन हो
यो हक अधिकार प्राप्तीको आन्दोलन हो
यो समग्र शैक्षिक क्षेत्रको रुपान्तरणको आन्दोलन हो
अभिभावहरुले नि शिक्षकलाइ नै दोशि देख्नु हुन्छ
किनकि उ शिक्षक हो उसले अन्याय सहेरै भएपनि
जस्तो सुकै अन्यायमा पर्दा पनि
पढाउनै पर्छ
हुदा हुदा
आन्दोलन गर्दा पनि सुख छैन शिक्षकलाइ
आन्दोलनमा पनि आफैले पढाएका प्रहरिले
आखा तर्दै हकार्दै लौरो उज्याउछन
लौरो बजाउछन
अश्रु ग्यास हान्छन
पानीका फोहोरा हान्छन  शिक्षक माथी
किनकि उ शिक्षक उ
उसलाइ बजाउदा हुन्छ
हान्दा हुन्छ
किनकि उ कुनै कार्यलयमा छैन ।
उ बाट केहि काम हात लिनु छैन
भकुरे हुन्छ भन्ने सोच्नु हुन्छ हो सिपाहि साथीहरु
उ शिक्षक हो
उस्लाइ जसले जे गरे पनि हुन्छ
किनकि उ शिक्षक हो ।

(ढुंगाना त्रियुगा नगरपालिका ४, उदयपुर स्थित राष्ट्रिय मा.वि.का शिक्षक हुन्।)



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button