हेडलाईनव्याससमाचारगण्डकी

प्रधानन्यायाधीश शर्मा तनहुँमा, न्यायिक सुधार र कानुनी क्षेत्रका चुनौतीमा अन्तर्क्रिया

प्रहार समाचार । तनहुँ, ७ भदौ २०८३ आइतबार । प्रधानन्यायधिश डा. मनोजकुमार शर्मा आज तनहुँको दमौलीमा आइपुगेका छन् । सर्वोच्च नेतृत्व र न्यायिक क्षेत्रका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा तनहुँ जिल्ला बार एसोसिएसनले प्रधानन्यायाधिसलाई स्वागत गरेको छ । स्वागत पछि आयोजित अन्तर्क्रिया कार्यक्रम सर्वोच्च तथा उच्च अदालतका न्यायाधीश र न्यायिक अधिकारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा न्यायपालिकाको समग्र अवस्था, न्याय सम्पादन तथा कानुनी क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको थियो। कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमलप्रसाद पौडेलसहित तनहुँ र कास्कीका न्यायाधीश तथा न्यायिक अधिकारीहरूको उपस्थिति थियो।

न्यायिक नेतृत्व र कानुन व्यवसायीबीचको प्रत्यक्ष संवादले न्याय सम्पादनलाई थप प्रभावकारी, सहज र जनमैत्री बनाउने विषयमा सहकार्यको आधार तयार गर्ने अपेक्षा गरिएको छ। कार्यक्रममा न्यायालय र बारबीचको समन्वय तथा व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत जोड दिइएको थियो। तनहुँ बार अध्यक्ष सरिता थापा भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विष्णुभक्त सिग्देलले स्वागत गरेका थिए। न्यायिक क्षेत्रका उच्च अधिकारी र कानुन व्यवसायीको उपस्थितिले कार्यक्रमलाई जिल्लाको न्यायिक क्षेत्रका लागि महत्वपूर्ण संवादका रूपमा लिइएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button