हेडलाईनव्याससमाचारगण्डकीखेलकुद

तनहुँको दमौलीमा स्लो राइडको रोमाञ्चक प्रतिस्पर्धा, पौडेल बने विजेता

प्रहार समाचार । तनहुँ, ६ भदौ २०८३ शनिबार । गति बढाएर होइन, गति घटाउँदै सन्तुलन कायम गर्ने चुनौतीपूर्ण प्रतिस्पर्धामा राजिन पौडेलले बाजी मारेका छन् । लायन्स क्लब अफ दमौली तनहुँले आयोजना गरेको स्लो मोटरसाइकल राइड प्रतियोगितामा पौडेलले निर्धारित दूरी सबैभन्दा ढिलो र सन्तुलित रूपमा पार गर्दै उपाधि जितेका हुन् ।

प्रतियोगितामा पौडेलले १ मिनेट ९.९५ सेकेन्ड समय निकाल्दै प्रथम स्थान हासिल गरे । मोटरसाइकलको गति न्यून राख्दै सन्तुलन नगुमाई निर्धारित दूरी पार गर्नुपर्ने भएकाले प्रतियोगिता सहभागीका लागि विशेष चुनौतीपूर्ण बनेको थियो ।यस्तै, १ मिनेट ६.७१ सेकेन्डमा दूरी पार गरेका विश्वास रुचाल द्वितीय भए भने श्रवण श्रेष्ठले १ मिनेट १.८० सेकेन्ड समय निकाल्दै तृतीय स्थान हासिल गरे ।

प्रतियोगितामा सहभागीहरूले मोटरसाइकलको गति, सन्तुलन र नियन्त्रणबीचको उत्कृष्ट तालमेल प्रदर्शन गरेका थिए । सामान्य मोटरसाइकल दौडभन्दा फरक शैलीको स्लो राइडले दमौलीमा मनोरञ्जनसँगै सुरक्षित र सन्तुलित सवारीको सन्देशसमेत दिएको आयोजकले जनाएको छ । प्रतियोगिताले चालकको गति नियन्त्रण, धैर्य र सवारी सीपको परीक्षण गरेको थियो ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button