हेडलाईनसमाचारगण्डकी

नेपाली कांग्रेस लमजुङका नेता कंडेलको निधन, पूर्वमन्त्री पौडेलद्वारा दुःख व्यक्त

• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ, ६ भदौ २०८३ शनिबार । नेपाली कांग्रेस लमजुङका अग्रज नेता तथा महासमिति सदस्य डिकेन्द्रराज कंडेलको निधन भएको छ । कंडेलको गए राती निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

कंडेलको निधनप्रति गण्डकी प्रदेश सरकारका पूर्व वनमन्त्री एवं प्रदेशसभा सदस्य भेषबहादुर पौडेलले दुःख व्यक्त गर्दै उहाँको निधनले पार्टीले अनुभवी, अग्रज र समर्पित राजनीतिक व्यक्तित्व गुमाएको बताएका छन् । पूर्वमन्त्री पौडेलले बेँसीसहरस्थित बीपी स्मृति भवनमा पुगेर कंडेलको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । सो क्रममा उनले शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति समवेदना व्यक्त गर्दै कंडेलको निधनले लमजुङ कांग्रेसमा अपूरणीय क्षति पुगेको बताए । पौडेलले सामाजिक तथा राजनीतिक क्षेत्रमा कँडेलले पुर्‍याएको योगदान लामो समयसम्म स्मरणीय रहने उल्लेख गरे ।

कांग्रेसको संगठन निर्माणदेखि जिल्लाको सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका कंडेलको निधनले पार्टीभित्र अनुभवी नेतृत्वको ठूलो रिक्तता सिर्जना भएको उनको भनाइ थियो । उनको निधनबाट जिल्लाको कांग्रेस संगठनले एउटा अनुभवी राजनीतिक अभिभावक गुमाएको भन्दै उनका राजनीतिक सहयात्री तथा शुभेच्छुकहरूले समेत दुःख व्यक्त गरेका छन् । लामो समयदेखि पार्टी र सामाजिक क्षेत्रमा सक्रिय कंडेलको योगदान र भूमिका स्मरण गर्दै कांग्रेसजनले उनिप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनका एक श्रीमती र तीन छोरा रहेका छन् । 



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button