हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकी

सुख्खा पहिरो खस्दा तनहुँको पृथ्वीराजमार्ग अवरुद्ध, दुई जेसीबी परिचालन

प्रहार समाचार । तनहुँ, भदौ २०८३ शनिबार । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सेराटारस्थित पृथ्वीराजमार्गमा सुख्खा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। शनिबार साँझ करिब ४ः५५ बजे सडकदेखि करिब ३० मिटर माथिबाट खसेको पहिरोले राजमार्गको दुवैतर्फको आवागमन ठप्प भएको हो। पहिरो खसेर सडक अवरुद्ध भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी निरीक्षक धननारायण श्रेष्ठको कमाण्डमा १५ जना प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ।

प्रहरीले तत्काल सडक खुलाउने प्रयास थालेको जनाएको छ।पहिरो पन्छाउन दुईवटा जेसीबीसमेत परिचालन गरिएको छ। प्रहरी टोली र जेसीबीको सहयोगमा सडकमा खसेको माटो तथा ढुंगा हटाउने काम भइरहेको प्रहरीले जनाएको छ। पहिरो पन्छाउने कार्य जारी रहेकाले राजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधन प्रभावित भएका छन्।

सुख्खा पहिरो खसेपछि पृथ्वीराजमार्गको उक्त खण्डमा दुवैतर्फ सवारीसाधन रोकिएका छन्। सडक खुलाउन तीव्र रूपमा काम भइरहेको भए पनि पहिरो पन्छाउने कार्य पूरा नभएसम्म यातायात सञ्चालनमा आउन नसक्ने अवस्था रहेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button