प्रहार समाचार । तनहुँ, ७ बैशाख २०८२ आइतवार । बन्दीपुर केवलकारले ‘उद्यमशील पत्रकारिता पुरस्कार’
बाट तनहुँका तीन जना पत्रकारलाई नगद पुरस्कार सहित सम्मान गरेको छ।

सम्मानित हुने पत्रकारहरुमा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपती अधिकारी, लोकवाणी दैनिकका सम्पादक प्रकाशचन्द्र भट्टराई र जनचाहना न्यूज डट कमका कार्यकारी सम्पादक साने बहादुर नेपाली रहेका छन्।
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको चौथो साधारण सभाको अवसरमा उद्यमशीलता विकासका लागि कलम चलाए बापत उनीहरुलाई सम्मान गरिएको केवलकारले जनाएको छ।
तीनैजना पत्रकारलाई प्रतिनिधी सभासदस्य डा.स्वर्णिम वाग्ले, राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगका कार्यबाहक अध्यक्ष जुद्ध बहादुर गुरुङ, गण्डकी प्रदेशका पूर्वमन्त्री हरिबहादुर चुमान लगायतकाले जनहि ५१ हजार पुरस्कार राशीसहित दोसल्ला र प्रमाणपत्रले संयुक्त रूपमा सम्मान गरेका थिए ।
























