• सुशिल बि.क.(संवाददाता) तनहुँ, ७ बैशाख २०८२ आइतवार । नेपाल बिधार्थी संघ तनहुँले ५६ औं स्थानमा दिवस शनिवार विभिन्न कार्यक्रम सञ्चालन गरी मनाएको छ ।

नेविसंले जिल्लाका विभिन्न पालीका र ईकाई गरी ८ स्थानमा कार्यक्रम विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको हो ।

तनहुँको शुल्कागण्डकी नगरपालिका अन्तर्गत भानुभक्त बहुमुखी क्यापसमा आर्थिक सहयोग र वृद्ध आश्रममा फलफूल वितरण गरिएको नेविसंघ तनहुँका सभापति आशिष कैनीले जानकारी दिए ।

कैनीका अनुसार व्यास नगरपलिका अन्तर्गत दमौली अस्पतालमा वृक्षरोपण कार्यक्रम, देवघाट गाउँपालिकामा अपाङ्ग विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, भानु नगरपालिकामा खेलकुद तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

त्यस्तै आदिकवि भानुभक्त क्याम्पसमा शैक्षिक सामग्री र वृद्ध आश्रममा फलफूल वितरण, भिमाद नगरपालिकास्थित जनज्योति क्यापसमा वृक्षरोपण र अन्तकृया कार्यक्रम, ऋषिङ र घिरिङ गाउँपालिकामा शैक्षिक सामाग्री वितरण गरिएको नेविसंघ तनहुँले जनाएको छ।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सभापति , निवतमान सभापति , पूर्व सभापति ,महासमिति सदस्य , महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य , ने.बि.संघ केन्दिय सदस्य तथा नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।

विगतको भन्दा फरक तरिकाले विभिन्न स्थानमा रचनात्मक गतिविधि गरी संगठनलाई मजुबुत बनाउन र अधिबेशन सुरू गर्न जिल्लाको हरेका स्थानमा कार्यक्रम आयोजना गरेको ने.बि.संघ तनहुँ जिल्ला अघ्यक्ष आशिष कैनीले जानकारी दिए ।
























