भो नसोध केही खबर, हाल बेहाल छ यहाँ
अवस्था जटिल छ, स्थिति विकराल छ यहाँ ।

हामी बिग्रियौं, हाम्रो गाउँसमाज देेश बिग्रियो,
भत्काउने र बिगार्ने ठूलै, संजाल छ यहाँ ।
सहनु पर्ने त आखिर, निर्धाले रहेछ,
दुष्ट चण्डाल यसै पनि, मालामाल छ यहाँ ।
न राष्ट्र न राष्ट्रियताको, चिन्ता भो कसैलाई,
कोही बिचौलिया, र कोही दलाल छ यहाँ ।
सरकार ! के आधारमा राष्ट्र हाँक्दैछस् तैँले,
विश्वको सामु तेरो, देश नै कङ्गाल छ यहाँ ।
• तनहुँ ।


























