प्रहार समाचार । तनहुँ, ५ चैत २०८१ मङ्गलवार । भुमी समस्या समाधान आयोग तनहुँमा भर्खरै नियुक्ति भई आएका सर्वेक्षक तथा अमिन कर्मचारीहरुलाई स्वागत गरिएको छ ।

भुमी समस्या समाधान आयोग तनहुँका अध्यक्ष गोबिन्द सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा नियुक्ति भएर भर्खरै आएका २० जना सर्वेक्षक तथा अमीनहरुलाई आज स्वागत गरिएको हो । त्यस अबसरमा बोल्दै अयोगका अध्यक्ष सिलवालले छिटो छरितो काम सप्पन्न गर्ने बारे सबैलाई फिल्डमा खट्न निर्देशन गर्दै अब कामले गति लिने विश्वास लिए ।
आयोगका विज्ञन सदस्य श्रीराम कार्किले स्थानीय पालिका र जनताको बिचमा जाँदा सम्पादन गर्नुपर्ने काम कर्तव्य र अधिकारका बारेमा चर्चा गरे । आयोगकी महिला सदस्य आशा थापाले छिटो छरितो ढंङ्गबाट काम अगाडी बढाउँदै आफुहरुले काम गर्दा सहजीकरण गर्ने धारणा राखेकी थिइन् ।
नापी कार्यालय प्रमुख एवं भुमी समस्या समाधान आयोग तनहुँका सदस्य सचीव बिजय कुमार सिंहले फिल्डमा गर्नुपर्ने प्राविधिक पक्षका बारेमा जानकारी गराएका थिए । अयोगका टोलि प्रमुख सर्वेक्षक बलराम घिमिरे, आयोग प्रशासन कर्मचारी लोकनाथ तिवारी लगायत सहभागीहरुले जिज्ञासा र सुझाव राखेका थिए । अब आयोगले छिट्टै व्यास, भानु, शुक्ला गण्डकी नगरपालिकाबाट फिल्डमा कर्मचारी खटाई काम तुरुन्तै अगाडि बढाउने जनाएको छ ।


























