• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । लमजुङ, ५ चैत २०८१ मङ्गलवार । आज सम्पन्न स्व.वि.यु.निर्वाचन २०८१ मा ने.वि. संघको प्यानलले अनेरास्ववियु सहित अन्य प्रतिस्पर्धी प्यानललाई पराजित गर्दै लमजुङको मातृभूमि क्याम्पसमा ने.वि. संघको प्यानल नै विजय भएको छ।

प्राप्त मत परिणाम अनुसार सभापतिमा विशाल थापाले ५५ मत प्राप्त गर्दै विजय हासिल गरे भने प्रतिस्पर्धी मन्दिरा सार्कीले १९ मत प्राप्त गरिन्। सचिवमा सरला अधिकारीले ४६ मत प्राप्त गर्दा प्रतिस्पर्धी सुजना सार्कीले २६ मत प्राप्त गरिन् । त्यसैगरी कोषाध्यक्षमा अंजली बि.क. ले ४८ मत प्राप्त गरेर विजय हासिल गरिन् भने प्रतिस्पर्धी अनुशा कडेलले २६ मत प्राप्त गरिन्।
त्यस्तै सदस्यहरुमा क्रमशः अस्मिता पौडेल, प्रियङ्का क्षेत्री र रक्षा पोख्रेलले ४५ मत र ४८ मत हासिल गरे, जबकि नम्रता अधिकारी २६ मत र रेजिना बि.क. ले २४ मत प्राप्त गरे । बदर मत १ रहेको थियो। जित सँगै ने.वि.संघको प्यानलले क्याम्पसमा विद्यार्थी हकअधिकार र शिक्षा सुधारका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।
ने.वि.संघको विजयको उपलक्ष्यमा गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री माननिय डा.टकराज गुरुङ,नेपाली काङ्ग्रेस सुन्दर बजारका नगर समितिका सभापति प्रकाश सेढाई, वडा अध्यक्षहरू र अन्य नेता तथा कार्यकर्ताहरूले विजयी उम्मेदवारलाई बधाई दिएका छन्।


























