विचारसबै प्रदेश

‘भ्रष्टाचार नेपाली जनता,लोकतन्त्र र देशकै दुस्मन हो ।’- नेता भट्टराई

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कांग्रेस बृत्तमा एक निष्ठावान, विकासप्रेमी र सन्त नेताका रूपमा चिनिन्छन् गोबिन्द भट्टराई । नेपाली कांग्रेसमा पटक पटक एउटै व्यक्तिलाई भोट हाल्नै पर्ने कार्यकर्ताको बाध्यता सृजना भएपछि बल्ल तल्ल तनहुँको क्षेत्र नं २ बाट संसदीय निर्वाचनमा टिकट पाएका भट्टराई त्यहि निरासाको सिकाई हुन पुगे । र, विभिन्न कारणले पराजय व्यहोर्न पुगे । उनै भट्टराईले आफ्नो सामाजिक संञ्जाल फेसबुकमा लेखेको बिचारलाई हामीले जस्ताको तस्तै राखेका छौँ ।

‘निष्ठा र नैतिकता कतैबाट आयात र निर्यात गर्ने बिषय हो जस्तो त मलाई लाग्दैन । आफैभित्र अन्तर निहीत बिषय हो भन्ने मेरो ठम्याइ छ। तर, माहोल यस्तो श्रृजना गर्न खोजिदै छ की बिदेशबाट नेपाल फर्कने बित्तिकै महान नैतिकवान, नेपालमा बस्ने खराव र भ्रष्टाचारी ! यदि यही कुरा पत्याउने हो भने विदेश बसेर नेपालमा राजनिती गर्न फर्केका इमान्दार र नैतिकवान मानिस भएको दावा गर्नेले कुनकुन मितिमा आफ्नो के कति कमाई बिदेशवाट नेपाल पठाएको भनेर आधिकारिक हिसावले पुष्टि गर्न पर्ने हो की हैन ? ‘म इमान्दार हुँ’, ‘नैतिकवान छु’ भन्नेले त झन पहिल नै यो कुराको पुष्टि गर्नु पर्ने हैन र ?

जिवन शैलीको कुरा गर्ने हो भने नेपालमा बस्ने केहि गिने चुनेका नेताहरु र व्यवसायी घरानाका मानिसहरुको भन्दा पनि यिनको जीवन शैलि भड्किलो र बिलासी छ। यिनको आम्दानीको स्रोत के हो ? र कहाँबट पैसा आएको हो ? यस्को आधिकारिक हिसावले पुष्टि गर्न सक्ने मानिसलाई मात्रै भष्टाचारको विरुद्धमा बोल्ने नैतिक अधिकार हुन्छ जस्तो मलाई लाग्छ।


समग्रमा भन्नु पर्दा भ्रष्टाचार नेपाली जनता, लोकतन्त्र र देशकै दुस्मन हो । यस्को अन्त हुनु पर्छ। भ्रष्टाचार गर्नु भन्दा पनि अझ निमुखा जनतालाई बिभिन्न बहानामा ठग्नु महा पाप हो।’

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button