हे आमा ! तिमीलाई सम्झेर मैले भावना पोख्याछु
गरेका दु:ख पाएको पिडा झल्झली देख्याछु
उर्बरा तिम्रो छाती नै थियो सुख्खा नै देख्याछु
धान् मकै छैन भकारी सधैं खाली पो देख्याछु।।

छातीमा तिम्रा लागेका गोली घाऊ पनि देख्याछु
चर्केको छाती देखेका सन्तान नामर्द देख्याछु
लम्काउछन् हात ती पापीहरु खाएको देख्याछु
गरेर खान्नन् लुटेर खान्छन् ती छोरा देख्याछु।।
हातको ठेला खुट्टामा फोरा खिल् सबै देख्याछु
ती सन्तान् तीम्रा सुतेर बस्छन् अल्छी पो देख्याछु
अटेका छन् है ढुङ्गा र माटो छातीमा देख्याछु
ढुङ्गानि होईन माटोनि होईन सुनै पो देख्याछु।।
छातीमै तिम्रो पानीको धारा बगेको देख्याछु
बगेको पानी छातीमा तीनको दूध नै देख्याछु
फुटेछ छाती निस्केछ पानी अमृत नै देख्याछु
तैअमृत् खाएर हिडेका छोरा लाछी पो देख्याछु।।
काखमा बस्छन् मुतेर जान्छ्न् भिजेकी देख्याछु
तै पनि आमा खेलाई बस्छिन् हाँसेको देख्याछु
नभनी पशु नभनी मानव लिएको देख्याछु
सृष्टिलाई धान्न गरेकी त्याग सहन्सिल् देख्याछु।।
























