लुम्बिनीहेडलाईनकोशीमदेशसमाचारकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीमनोरञ्जन

तिहारको चौथो दिन आज गाईपूजा गरिँदै

प्रहार समाचार । काठमाडौँ, २३ कात्तिक २०८३ सोमबार । तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खुवाएर मनाइँदैछ । हिन्दू धर्ममा गाईलाई गौमाताका रूपमा पुज्ने परम्परा रहे पनि यसको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वलाई संरक्षण गर्नु आजको आवश्यकता बनेको छ ।

गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले वैदिक सनातन परम्परामा गाईलाई पवित्र मानिन्छ । आमाको दूधजस्तै पोषिलो दूध दिने विश्वासका आधारमा गाईलाई मातृत्व र समृद्धिको प्रतीकका रूपमा सम्मान गरिन्छ । धार्मिक मान्यताअनुसार विधिपूर्वक पूजा गरी मीठा परिकार खुवाउँदा पुण्य प्राप्त हुने विश्वास छ । नेपालका केही स्थानमा औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा पूजा गर्ने परम्परा छ ।

गाईलाई राष्ट्रिय जनावरका रूपमा समेत सम्मान गरिएको छ । धार्मिक विश्वासअनुसार साउन शुक्ल पूर्णिमामा हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिए मृत्युपछि वैतरणी नदी पार गर्न सहयोग पुग्ने मान्यता छ । पछिल्लो समय गाईको अभावमा गाईदानको सट्टा सङ्कल्प गरी रकम राख्ने चलन बढ्दै गएको धर्मशास्त्रका जानकार प्रा.डा. रामचन्द्र गौतम बताउँछन् । आस्था र परम्परामा सीमित नराखी गाईको संरक्षण र सम्मानलाई व्यवहारमा उतार्नु पनि गाईपूजाको महत्वपूर्ण सन्देश हो ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button