हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

ललितपुरमा फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि सुरु : नौ देशका चलचित्र प्रदर्शन हुने

प्रहार समाचार । काठमाडौँ, ६ मंसिर २०८१ बिहिवार ।  ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण आजदेखि सुरु हुने भएको छ।

ललितपुरको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रर्दशन गरिनेछन् । महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायतका नौ देशका चलचित्र प्रदर्शन हुँदैछन् । 

यस वर्ष वेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड थप गरिएको उल्लेख गर्दै उत्कृष्ट चलचित्र, जुरी अवार्ड, उत्कृष्ट स्टुडेन्ट चलचित्र, उत्कृष्ट डेब्यु चलचित्र र उत्कृष्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्डको लागि प्रतिस्पर्धा हुने महोत्सवका सहायक निर्देशक पवस मानन्धरले जानकारी दिए। 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button