हेडलाईनव्याससमाचारगण्डकी

आदिकवि भानुभक्त क्याम्पसको प्रशासनिक भवन निर्माण कार्य सुरु

प्रहार समाचार । तनहुँ, ६ मंसिर २०८१ बिहिवार । तनहुँको व्यास नगरपालिका वडा नं १, विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसको हातामित्र   ‘आदिकवि भानुभक्त क्याम्पस प्रशासनिक भवन ‘ को निर्माण कार्य सुरु भएको छ । तस्बिरहरु : प्रहार अनलाईन मिडिया

विश्वविद्यालय अनुदान आयोगको आर्थिक अनुदान सहयोग (पूर्वाधा निर्माण) अन्तर्गत १ करोड ५१ लाख १३ हजारको लागतमा यसै वर्ष भित्र उक्त भवन बन्ने क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले बताए ।


यस अन्तरगत पिल्लर ठड्याउनका लागि भाउण्डेसन तयार पारेर आजबाट पिसिसि गर्ने कामको सुरुवात गरिएको छ। उक्त प्रशासनिक भवन निर्माण मातृभूमि कन्स्ट्रक्सन प्रा ली काठमाडौँले विद्युतीय बोलपत्रबाट ८७ लाखमा ठेक्का पारेर काम सुरु गरेको छ। भूमिगत सवारी साधन पार्किङको समेत व्यवस्था रहने तीन तलाको उक्त भवन झण्डै ४ करोडको लागतमा तीन चरणमा तीन वर्ष भित्र बन्ने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी गराए । ‘क्याम्पसको  छुट्टै प्रशासनिक भवन नहुँद कर्मचारी,  विद्यार्थी ,  अभिभावक लगायतलाई परेको समस्याबाट नयाँ भवन बनेपछि   मुक्ति मिल्ने छ ‘ – क्याम्पस प्रमुख हड्खलेले भने ।

भवन तीन चरणमा गरेर भूमिगत पार्किङ सहित तीन तलाको बन्ने छ। निर्माण कम्पनी मातृभूमि कन्स्ट्रक्सन प्रा लीका निर्देशक अस्विन पोख्रेलले  गुणस्तरमा कुनै सम्झौता नगरि समयमानै काम सम्पन्न गरिने दाबी गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button