हेडलाईनसमाचारगण्डकीप्रदेश

तनहुँको निर्मल माविमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रहार समाचार । तनहुँ , मंसिर ६ बिहिवार । तनहुँको व्यास नगरपालिका वडा नं १ भादगाउँमा रहेको निर्मल माध्यामिक विद्यालयमा २४ महिने औपचारिक प्रशिक्षार्थीहरूका लागि आज एक अभिमुखीकरण कार्यक्रम आ सम्पन्न भएको छ।

सो अभिमुखी कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले व्यावसायिक सीप एवं प्राविधिक ज्ञान आजको समाजको आवश्यकता रहेको चर्चा गर्दै निर्मल माविले उत्पादन गरेका जनशक्तिले बजारमा रोजगारीको अवसर प्राप्त गरेको र अब सञ्चालन गर्ने २४ महिले प्री डिप्लोमा इन्जिनियरिङ कोर्षबाट उत्पादित जनशक्तिहरुले  अवसर प्राप्त गर्ने हुनाले लगनशील र मेहनत गरेर अगाडि बढ्न विद्यार्थीहरुलाई आग्रह गरे ।

विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा व्यास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रमेशचन्द्र हड्कले , इन्स्योर परियोजनाका प्रमुख सुशील निखा , गण्डकी प्रदेश सामाजिक विकास तथा यूवा खेलकुँद मन्त्रालयका शाखा अधिकृत हिराबहादुर थापा , सहायक प्रधानाध्यापक वीरबहादुर बस्नेत , लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

२४ महिने डिप्लोमा कार्यक्रम अन्तर्गत ४० जना विद्यार्थीले निशुल्क  शिप तथा ज्ञान प्राप्त गर्ने सुनौलो अवसर प्राप्त गरेका छन्। उक्त प्रीडिप्लोमा इन्जिनियरिङ कोर्षमा व्यास,  शुक्लागण्डकी नगरपालिका लगायत म्याग्दे , ऋषिङ गाउँपालिकाका साथै लमजुङ जिल्लाका समेत विद्यार्थीहरु पठनपाठन गरिरहेका छन्। उनिहरुले निशुल्क रूपमा पढ्न पाउने छन् भने प्रति विद्यार्थी प्रत्येक हाँजिरिका आधारमा  एक सय खाजा खर्च र वाषिक पोशाक बापत प्रति विद्यार्थी तीन हजार प्राप्त गर्ने छन्। गत कात्तिक २६ गतेबाट पठनपाठन सुरु भएतापनि आज औपचारिक रूपमा अभिमुखिकरण सञ्चालन गरिएको विद्यालयले जनाएको छ। उक्त प्रशिक्षार्थी अभिमुखीकरण कार्यक्रमको सहजिकरण  शिक्षक प्रतिनिधि लोकराज सेढाई गरेका थिए ।

बेरोजगार युवा यूवतीहरूलाई सिप प्रदान गरेर रोजगारीको सिर्जना गरी जीवनस्तर उकास्दै आत्मनिर्भर बनाउने उद्देश्यका साथ देशका सातवटै प्रदेशमा उक्त परियोजना लागू गरिएको इन्स्योर परियोजनाले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button