हेडलाईनसमाचारगण्डकी

नेपाल प्रजातन्त्र सेनानी संघ लमजुङको अध्यक्षमा  अधिकारी

• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ, ५ मंसिर २०८१ बुधवार ।  नेपाल प्रजातन्त्र सेनानी संघ लमजुङको अध्यक्षमा दामोदर अधिकारी सर्व-सम्मत निर्वाचित भएका छन्।   

संघको हालै  सम्पन्न दोस्रो अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।  त्यस्तै समितिको उपाध्यक्षमा नारायण प्रसाद घिमिरे,सचिवमा कृष्ण प्रसाद लामिछाने चयन भएका छन । समितिको सदस्यहरुमा राधादेवी श्रेष्ठ,राधिका पौडेल, रामचन्द्र घिमिरे शास्त्री,लिला बहादुर घले,रामकृष्ण श्रेष्ठ, डिलबहादुर दमै,पदमराज कडेंल,नरबहादुर गुरुङ,हरिश्चन्द्र पण्डित,सिताराम जोशी चयन भएका छन्।

उक्त अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा शुभनाथ मिश्र,बिष्णुहरि घिमिरे,भोजराज बास्तोला र ध्रुब अधिकारी  छनौट भएका छन् ।


नेपाल प्रजातन्त्र सेनानी संघ लमजुङ जिल्लाको दोस्रो अधिवेशन संघका लमजुङ जिल्ला अध्यक्ष शुभनाथ मिश्रको अध्यक्षता तथा नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको प्रमुख आतिथ्यतामा लमजुङ सदरमुकाम बेसीशहरमा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले  काङ्ग्रेसले कम्युनिस्टको संगतमा लागेर आफ्नो सिद्धान्तबाट विचलित भएको गुनासो गर्दै संस्थापक वि पि कोइरालाले प्रतिपादन गरेको राष्ट्रियता,प्रजातन्त्र र समाजवादको सैद्धान्तिक विरासत बिर्सेर कम्युनिस्टहरुलाई शान्ति र लोकतान्त्रिक मार्गमा हिडाउने नाउँमा आफ्नै सैद्धान्तिक विरासत छोडन नहुने बताए ।    

 
कार्यक्रमकका कांग्रेसको विकास, विस्तार र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने चार जना अग्रज प्रजातन्त्र सेनानीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा नविन बानिया,हरिकान्त खनाल,ऋषिराम बराल र भरत कुमार श्रेष्ठ रहेका छन् । 

उनीहरुलाई नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्मा,पूर्व माननीय रामचन्द्र पोख्रेल, लमजुङ जिल्ला सभापती तथा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डाक्टर टकराज गुरुङ,लमजुङका पूर्व जिल्ला सभापती तथा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल लगायतले सम्मान गरेका थिए ।


कार्यक्रममा कांग्रेस पूर्व माननीय रामचन्द्र पोख्रेल, जिल्ला सभापती तथा गण्डकीका आर्थीक मामिला मन्त्री डाक्टर टकराज गुरुङ, पूर्व जिल्ला सभापती तथा गण्डकीका वन तथा वातारण मन्त्री भेष बहादुर पौडेल, गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङ,गण्डकीका पूर्व मन्त्री डोवाटे बि.क.,लमजुङ जिल्ला पूर्व सभापती तथा सुन्दरबजार नगरपालिका प्रमुख कृष्ण प्रसाद कोईराला,लमजुङ जिल्ला पूर्व सभापतीहरु शंकर कान्त जोशी, तुलसी नारायण श्रेष्ठ, तनहुँका जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्ले,पूर्व स्वास्थ्य सहायक मन्त्री रामचन्द्र अधिकारी लगायत रहेका थिए ।


कार्यक्रममा नेपलाी काङ्ग्रेस जिल्ला सदस्यहरु, पालिकाका राजनैतिक दलका प्रमुख तथा सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, प्रदेश प्रतिनिधिहरु,क्षेत्रीय प्रतिनिधिहरु, नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्यहरु लगायत शुभचिन्तकको उपस्थिती रहेको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button