हेडलाईनव्याससमाचारगण्डकी

तनहुँका  पन्थद्वारा गरिब तथा जेहन्दार विद्यार्थीलाई झोला वितरण

• सुशील बि क ( प्रशिक्षार्थी पत्रकार ) । प्रहार समाचार । तनहुँ, ५ मंसिर, २०८१ बुधवार ।   तनहुँको व्यास नगरपालिका वडा नं.१४ निवासी   अविनाश पन्थले गरिब तथा जेहन्दार विद्यार्थीलाई झोला वितरण गरेका छन् ।

उनले व्यास – १२ मा रहेको छाब्दी आधारभूत विद्यालयका गरिब, दुःखी र आर्थिक अवस्था  कमजोर रहेको बालबालिकालाई २१ थान विद्यालय झोला सहयोग  गरेका  हुन् ।

कक्षा १२ मा अध्ययनरत कलिलै उमेरका पन्थले  आफ्नै पहलमा विद्यालयका बालबालिकाहरुलाई झोला सहयोग गरेको विद्यालयले जनाएको छ।  नयाँ झोला पाउँदा विद्यार्थीहको मुहारमा हाँसो छाएको थियो । सानै भएपनि यो सहयोगले कलिला भाईबहिनीहको शिक्षामा थप टेवा पुग्ने विश्वासले आफूले झोला वितरण गरेको पन्थको भनाई छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button