हेडलाईनव्याससमाचारगण्डकी

स्वर्ण जयन्ति मनाउँदै जनजुक्त शाही मा. बि 

प्रहार समाचार । तनहुँ , ५ मंसिर २०८१ बुधवार । तनहुँको व्यास नगरपालिका – ५  साँगे, नेपालटारमा रहेको  जनजुक्त शाही मा. बि   नेपालटारले  विविध कार्यक्रमका विच विद्यालयको स्वर्ण जयन्ति भव्यरूपमा मनाउने भएको छ।

आगामी पुस २१ गतेदेखि  सप्ताह  व्यापी स्वर्ण जयन्ती  कार्यक्रम सञ्चालन गरिने विद्यालयल व्यवस्थाप समितिका अध्यक्ष अच्यूत राज काफ्लेले जानकारी दिए ।

कार्यक्रम अनुसार पुस २६  गते  पुर्व  बिद्यार्थी  पुनर  मिलन  र  २७  गते  स्वर्ण  जयन्ती  स्मारक  उद्घाटन ,   स्मारिका  विमोचन  तथा  अन्य  विविध  कार्यक्रम आयोजना गरिने भएको विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र न्यौपानेले जानकारी दिए ।


विद्यालयले   देश  बिदेशमा  रहने  पूर्व विद्यार्थी ,  शिक्षक र अभिभावक , जग्गा दाता , अक्षयकोष स्थापना कर्ता , लगायत विद्यालय सङ्ग सम्बन्धित सबैमा  उपस्थितिका  लागि अनुरोध  गरेको प्रचार प्रसार समितिका  संयोजक एवं शिक्षक प्रतिनिधि   ऋषि राम  वाग्लेले बताए ।

विद्यालयले नयाँ शैक्षिक शत्रबाट मन्टेश्वरी कक्षा   तथा   प्रविधिमा  शिक्षक  विद्यार्थी  सहभागी  गराइ  शैक्षिक  सुधार  ल्याउने, ५० औं  वर्षको  सम्झनामा  स्मारक  निर्माण  तथा  स्मारिका  प्रकाशन  गर्ने , पूर्व विद्यार्थीहरुको पुनर  मिलन  गराउने , विद्यालय  आवतजावत  सहजताका  लागि  स्कुल  बस  खरिद  गर्ने लगायतका उद्देश्य लिएको आर्थिक  संयोजक एवं विद्यालय व्यवस्थापत समितिका सदस्य  भाग्यशाली  ढुंगानाले  बताए । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button