हेडलाईनसमाचारप्रदेश

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज  नेपाल भ्रमणमा आउने

प्रहार समाचार । काठमाडौँ, ५ मंसिर २०८१ बुधवार । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज   नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी पाँच दिवसीय नेपाल भ्रमणमा आउन लागेका हुन् । 

त्यसअवसरमा राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले उनलाई भोलि नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

भारतीय सेनाध्यक्ष द्विवेदीले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति सिग्देलसँग भेटवार्ता गर्ने छन् । 
नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारतको निरीक्षण गर्ने छन् । उनले कमाण्ड तथा स्टाफ कलेजका विद्यार्थीसँग अन्तक्रिया र पश्चिम पृतनाको भ्रमण गर्ने कार्यसूची रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button