हेडलाईनव्याससमाचारगण्डकीप्रदेश

आजबाट पृथ्वीराजमार्गको  छिर्कनेदेखि देउरालीसडक खण्ड दैनिक साढे चार घण्टा बन्द हुने

प्रहार समाचार । तनहुँ , ३ मंसिर २०८१ सोमवार । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउरालीसडक खण्ड आजदेखि २० दिनसम्म  दैनिक साढे चार घण्टा बन्द हुने भएको छ ।

निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत पर्ने उक्त खण्डको पहाड कटान गर्न आजबाट  मङ्सिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवगमन बन्द गर्न लागिएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले एक सार्वजनिक सूचना प्रकाशित गर्दै जनाएको छ।   
दुई चरणमा उक्त सडकखण्ड बन्द गरी काम गरिने भए अनुसा अनुसार आज राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी सडक निर्माण गरिनेछ । राति १ बजेदेखि १:३० बजेसम्म सडकमा सवारी आवागमन खुला गरिनेछ भने दोस्रो चरणमा राति १:३० बजेबाट विहान ४ बजेसम्म सडक बन्द गरी निर्माण कार्य गरिने आयोजनाले जनाएको छ।
आयोजनाले मुग्लिन पोखरा सडक योजनाको पूर्वी खण्डमा सडक निर्माणको कामलाई तीव्रता दिनका लागि छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनका लागि उक्त अवधि पूर्ण रुपमा बन्द रहने जनाएको छ ।


उक्त अवधिमा रोकिने सवारी साधनहरुले सवारी रोक्दा र सवारी चलाउँदा कडाइका साथ लेन अनुशासन कायम राख्न तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेक नगर्न समेत आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button