प्रहार समाचार । काठमाडौं, ३ मंसिर २०८१ सोमवार । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । ८३ वर्षीय ढुङ्गानाको उपचारको क्रममा हिंजो काठमाडौँमा निधन भएको हो ।


कानुन व्यवसायको क्षेत्रमा पनि चर्चित नाम राख्न सफल भएका उनी पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याले पीडित थिए। वरिष्ठ अधिवक्ता समेत रहेका ढुङ्गाना २०४८ सालदेखि २०५१ सम्म सभामुख भएका थिए ।
उनी २०४८ सालको आम निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएसँगै २०५१ साल सम्म सभामुख थिए । ढुङ्गानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए। ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरनमा राखिने भएको छ । उनको आज बिहान अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो। सानो गौचरनमा श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने परिवारले जानकारी दिएको छ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । उनको निधनमा समेत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
राजनीति क्षेत्रमा देखिएको विकृति र विसङ्गतिबारे स्पष्ट र खरो रूपमा प्रतिक्रिया दिँदै आएका स्व। ढुंगाना संविधान र कानूनका ज्ञाता थिए। सिद्धान्त, निष्ठा, स्वाभिमान र नैतिकतामा अडिग रही राष्ट्रिय एकता र मेलमिलापका माध्यमद्वारा राजनीतिक विवाद समाधानका पक्षमा लागि रहने उनी नेपाली कांग्रेसको दोस्रो पुस्ताका नेताका रूपमा स्थापित थिए।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्ति त्यहाँ पुगेर उनलाई श्रद्धाञ्जली अर्पण गर्नेछन्। वरिष्ठ अधिवक्ता समेत रहेका ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । उनको श्रीमती, दुई छोरा र एक छोरी छन् ।
























