हेडलाईनसमाचारगण्डकीप्रदेश

तनहुँमा बस दुर्घटना : १को मृत्यू ,३४ घाइतेहरुको नामावली

तनहुँ, २ मंसिर २०८१ आइतवार । तनहुँको पृथ्वी राजमार्ग अन्तर्रगत पर्ने बन्दिपुर गाउँपालिका वडा नं -४  स्थित नयाँपुल गोरे चौतरा भन्ने ठाउँमा आज दिउसो  बस दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने ३४ जना यात्रु घाइते हुन पुगेका छन् ।

पोखराबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख ३४८७ नम्बरको बस र काठमाडौंबाट पोखराबाट जाँदै गरेको जिएए ००७० नम्बरको बस दिउसो एक आपसमा  ठोक्किएका थिए

उक्त दुर्घटनामा परेर  कास्की चाउथे बस्ने ३९ वर्षीय रामबहादुर परियारको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको तनहुँका एसपी बिरेन्द्र शाहीले प्रहार समाचारलाई बताए ।

घाइते मध्ये ७ जनाको चितवन मेडिकल कलेज भरतपुर , ३ ।जनाको कान्तिपुर डेन्टल अस्पताल पोखरा , १ जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका लागि पठाइएको  र २३ जना डिस्चार्ज भएको  एसपी शाहीले बताए ।

घाइतेहरुको नाम र ठेगाना:

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घाइते हुनेहरूमा बाँके बैजनाथका २४ वर्षीय किरण बुढा , बाँके कोहलपुर नगरपालिका वडा नम्बर ६ का १३ वर्षीय रिजु बाठा मगर, बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ६ का १५ वर्षीय ज्ञानु थारु , सोहि ठाउँका  १६ वर्षीय ललित खत्री , सोही ठाउँकी मायास सिन्जाली मगर  ,सोही ठाउँका ६ वर्षीया गुराँस घर्ती मगर , १८ वर्षीय निखिलनाथ योगी रहेका छन्।


यसैगरी भे ख ३४८७ नम्बरको बसका चालक बाँकी कोहलपुर नगरपालिका वडा नम्बर १० का ३७ वर्षीय किशोर जंग शाही ,  तनहुँको म्याग्दे गाउँपालिका  ३ बस्ने ३० वर्षीया रमेश रानाभाट , म्यादेकै ५१ वर्षीया उजेली रानाभाट , बाँके बैजनाथ गाउँ पालिका -६ बस्ने १४ वर्षीया विद्या पुन मगर , गोरखाको गोरखा नगरपालिका- ८ बस्ने ३५ बर्षीया बबिता थापा, कास्कीको पोखरा महनगरपालिका- १० बस्ने ३५ वर्षीय लक्षिन गुरुङ, पोखरा महानगर -१७ बस्ने ३६ वर्षीया दुर्गा रोका घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी अशोक थापाले बताए ।


यसैगरी घाइते हुनेहरुमा पोखरा महानगरपालिका वडा नम्बर १२ बस्ने ४४ वर्षीय बिजुली गुरुङ सोही ठाउँकी २५ वर्षीय कमला गुरुङ ३९ वर्षीय बसन्ती गुरुङ। ४५ वर्षीय लक्ष्मी गुरुङ ४० वर्षीय गङ्गा गुरुङ ४५ वर्षीय शिव जोशी ३७ वर्षीय ज्योति गुरुङ पोखरा १७ बस्ने ४१ वर्षीय सञ्जय गुरुङ स्याङ्जाको फेदी खोला गाउँपालिका- ४ बस्ने ५५ वर्षीया चन्द्र कुमारी गुरुङ , बाँकेका ४४ वर्षीय शिवलाल न्यौपाने कोहलपुर नगरपालिका नम्बर ६ र ६ बस्ने १६ वर्षीय निर्मला शाही २१ वर्षीय विनिता बिक स्याङ्जा पुतली बजार नगरपालिका १३ बस्ने २५ वर्षीय सुरज तिवारी कास्कीको पोखरा महानगरपालिका १७ बस्ने ४९ वर्षीय निर्मल भुजेल घाइते भएका छन् ठेगाना नखुलेका 18 वर्षीय रिदम केसीलाई टाउकोमा गम्भीर चोट लागेका कारण थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button