प्रहार समाचार । तनहुँ, २ मंसिर २०८१ आइतवार । तनहुँको पृथ्वी राजमार्ग अन्तर्रगत पर्ने बन्दिपुर गाउँपालिका वडा नं -४ स्थित नयाँपुल गोरे चौतरा भन्ने ठाउँमा आज दिउसो बस दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने ३४ जना यात्रु घाइते हुन पुगेका छन् ।

पोखराबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख ३४८७ नम्बरको बस र काठमाडौंबाट पोखराबाट जाँदै गरेको जिएए ००७० नम्बरको बस दिउसो एक आपसमा ठोक्किएका थिए ।
उक्त दुर्घटनामा परेर कास्की चाउथे बस्ने ३९ वर्षीय रामबहादुर परियारको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको तनहुँका एसपी बिरेन्द्र शाहीले प्रहार समाचारलाई बताए ।

घाइते मध्ये ७ जनाको चितवन मेडिकल कलेज भरतपुर , ३ जनाको कान्तिपुर डेन्टल अस्पताल पोखरा , १ जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका लागि पठाइएको र २३ जना डिस्चार्ज भएको एसपी शाहीले बताए ।

























