हेडलाईनव्याससमाचारगण्डकी

छोराको जन्मदिनमा विनोद कुमारद्वारा   विद्यार्थीलाई न्यानो कपडा वितरण

प्रहार समाचार । तनहुँ, २ मंसिर २०८१ आइतवार । छोराको जन्मदिनमा गरिने फजुल खर्च कटाएर यहाँका एक सफल व्यवसायीले  विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । 

व्यास नगरपालिका– २ निवासी युवा व्यवसायी विनोद कुमार वि क (विकाश) ले ठुलो छोरा विश्वास र कान्छो बिनम्रको जन्मदिनको अवसर पारेर व्यास–११ रामथुम्की स्थित चण्डेश्वरी आधारभुत विद्यालयमा अध्यनरत आर्थिक अवस्था कम्जोर भएका दलित, जनजाति, चेपाङ र अन्य जातिका ३५ जना विद्यार्थीलाई स्वीटर वितरण गरेका हुन्।


व्यवसायी बि क ले  फजुल खर्च कटाएर मान सेवा स्वरूप  चिसो मौसममा गरिब विद्यार्थीहरलाई न्यानो कपडा प्रदान गरेर ठूलो राहत मिलेको  विद्यालयका प्रधानध्यापक श्रीप्रसाद न्यौपानेले बताए । गरिब बालबालिकालाई सानो सहयोग गर्न पाउँदा बि क ले खुशि प्रकट गरे ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button