• विजय अधिकारी । ( संवाददाता ) । लमजुङ , १ मंसिर २०८१ शनिवार । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत नेपाल विद्यालय खेलकुद महासंघ लमजुङको अध्यक्षमा युनिभर्सल एकेडेमीका प्रिन्सिपल विमल अधिकारी चयन भएका छन् ।


ल
बेसीशहरमा भएको भेलाले अधिकारीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला संघ गठन गरेको हो । त्यसैगरी समितीको उपाध्यक्षमा ल्याण्डस्टार आमाविका प्रिन्सिपल ईश्वर पौडेल र जनविकास मा.वि.बेसीशहरका खेलकुद शिक्षक राजु राउत, सचिवमा भूपूसैनिक आमाविका प्रिन्सिपल विनोद गुरुङ र कोषाध्यक्षमा प्रदीप घिमिरे चयन भएका छन् ।
त्यस्तै संघको सदस्यहरुमा ताराराज घले, प्रेमबहादुर गुरुङ, सुरेश श्रेष्ठ, केशबहादुर राना, लक्ष्मी घले,नरेन्द्र पाण्डे, ओमप्रकाश गुरुङ र अर्जुन अधिकारी चयन भएको नव गठित समितिका उपाध्यक्ष राजु राउतले जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषदले २०७५ साल चैत १४ गते स्थापना गरेको नेपाल विद्यालय खेलकुद महासंघले खेलको माध्यम बाट राष्ट्रिय प्रतिष्ठा अभिबृद्दी गर्न विद्यालयमा प्रशिक्षण गराई प्रशिक्षक र खेलाडीहरु उत्पादन गरि विभिन्न खेलहरु प्रति अभिरुचि राख्ने र सबैलाई संगठित गर्ने उदेश्य राखेको र महासंघको मंसिर ८ गते केन्द्रीय साधारण सभा तथा निर्वाचनमा भाग लिने उद्देश्यले सो समिति गठन भएको नव गठित समितिका उपाध्यक्ष ईश्वर पौडेलले प्रहार समाचारलाई जानकारी दिए ।
त्यस्तै विद्यालय खेलकुद महासंघले खेलकुदको माध्यमबाट बालबालिकाहरुलाई अनुशासीत,स्वास्थ्य उत्तरदायी र सक्षम बनाउनको लागि अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रस्तुत गरिने उदेश्य राखेको नव गठित समितिका अध्यक्ष विमल अधिकारीले प्रहार समाचारलाई बताए ।
नेपालको ७७ वटै जिल्लाबाट प्रतिनित्व रहने उक्त साधारण सभा तथा निर्वाचनमा सहभागी हुन लमजुङको तर्फ बाट नवगठित समितिका अध्यक्ष विमल अधिकारी जाने निर्णय समेत गरेको नव गठित समितिका सचिव विनोद गुरुङले बताए ।
























