हेडलाईनसमाचारप्रदेश

दार्चुलामा जीप  दुर्घटना : ७ को मृत्यू , ६ जना घाइते

प्रहार समाचार । दार्चुला , ३० कात्तिक २०८१ शुक्रवार । दार्चुलामा भएको जीप  दुर्घटनामा  ज्यान गुमाउनेको संख्या सात पुगेको छ भने ६ जना घाइते हुन पुगेका छन् । 

मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको जीप सडकबाट करीब १०० मिटर तल खोलामा खसेर दुर्घटना हुन पुगेको थियो ।


दुर्घटनामा ज्यान गुमाउनेहरुमा दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिम रहेका दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।  एक जनाको भने परिचय खुल्न सकेको छैन ।  

घाइतेहरु सबैको अवस्था गम्भीर रहेको छ भने उनिहरुको गोकुलेस्वर अस्पतालमा उपचार भइरहेको  जनाइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button